News Portal

  • सानिमा बैंकका ग्राहकलाई बिगर्माटमा क्यासब्याक अफर

    आर्थीकसंसार संवाददाता८ माघ, २०८२
    १० पटक
    ८ माघ, २०८२

    काठमाडौं । सानिमा बैंकले ‘बिगर्माट क्यासब्याक’ योजनाको पहिलो चरणमा सफलता हासिल गरेपछि समय थप गर्दै योजना पुनः सञ्चालनमा ल्याएको छ ।

    उक्त योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगर्माटमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना २०८३ साल असारसम्म लागू रहने बैंकले जनाएको छ ।

    बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफर प्रदान गर्दै डिजिटल भुक्तानीको अधिकतम प्रयोगका लागि प्रोत्साहन गर्दै आएको छ । यससम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।

    हाल सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय तथा १२८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्