News Portal

  • नेपाल बैंकमा आबद्ध सबैले ब्ल्याक हर्स इण्डष्ट्रिजको जुत्ता खरिदमा छुट पाउने

    आर्थीकसंसार संवाददाता४ माघ, २०८२
    १० पटक
    ४ माघ, २०८२

    काठमाडौं। नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता भएको छ । यस बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री गर्ने गरेको ब्ल्याक हर्स ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुटका लागि सम्झौता गरिएको हो ।

    सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिजको तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरे।

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा।लिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरुबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्।

    प्रतिकृया दिनुहोस्