२ माघ, २०८२काठमाडौं । कामना सेवा विकास बैंकले माघे संक्रान्तिको अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो ।
भरतपुर अस्पताल र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका थिए ।
सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द्र पण्डित र डा. सुशान्त लामिछानेले प्रदान गरेका थिए।
नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले यस्ता स्वास्थ्य शिविरहरुले समुदायको स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिने बताए ।
कार्यक्रमप्रति स्थानीय समुदायले सकरात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।


