News Portal

  • निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक

    आर्थीकसंसार संवाददाता२ माघ, २०८२
    १० पटक
    २ माघ, २०८२

    काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेको हो ।

    आयोगले कानुन र विधानसम्मत ठहर्याउँदै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ ।

    आयोगले मान्यता दिएसँगै अब विशेष महाधिवेशनले गरेका सबै निर्णयहरूले मान्यता पाउने भएको छ ।

    गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गगन थापाको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।

    विशेष महाधिवेशनबाट पार्टी सभापतिमा थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्