आर्थीकसंसार संवाददाता२८ पुस, २०८२
२८ पुस, २०८२काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्क्रिया तथा पुर्नताजकी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले कम्पनीका संस्थापक एवं आधारभुत शेयरधनीहरुलाई उक्त कार्यक्रम आयोजना गरेको हो ।
लाजिम्पाटस्थित होटेल र्याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरु तथा संस्थापक शेयरधनीहरु सहित करीब ६० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित केही संस्थापक शेयरधनी महानुभावहरुले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए ।


