News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ पुस, २०८२
    ५ पटक
    २८ पुस, २०८२

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्क्रिया तथा पुर्नताजकी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले कम्पनीका संस्थापक एवं आधारभुत शेयरधनीहरुलाई उक्त कार्यक्रम आयोजना गरेको हो ।

    लाजिम्पाटस्थित होटेल र्‍याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरु तथा संस्थापक शेयरधनीहरु सहित करीब ६० जनाको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक शेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए ।

    कार्यक्रममा उपस्थित केही संस्थापक शेयरधनी महानुभावहरुले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्