News Portal

  • नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता, कर्मचारी र ग्राहकलाई उपचारमा छुट

    आर्थीकसंसार संवाददाता२१ पुस, २०८२
    ३४५ पटक
    २१ पुस, २०८२

    काठमाडौं । नेपाल बैंक लिमिटेड र चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ ।

    पौष १८ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकका क्रेडिट कार्ड होल्डर तथा अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गर्दा बिल रकममा १० प्रतिशत छुट पाउनेछन् ।

    सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन् ।

    सम्झौतापछि नेपाल बैंकका कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा बैंकसँग आबद्ध ग्राहकहरू मेडिकेयर हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा सहुलियत दरमा उपचार सुविधा लिन सक्नेछन् । बैंकले यस किसिमका सहकार्यबाट आफ्ना कर्मचारी र ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्