News Portal

  • सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता१६ पुस, २०८२
    १८ पटक
    १६ पुस, २०८२

    काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले राजीनामा दिएका छन् ।

    देवकोटाले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका हुन् । बैंक सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले उनको राजीनामा आगामी माघ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

    बैंकले देवकोटाको राजीनामासँगै आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्