News Portal

  • लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी २६ अर्ब पुग्यो

    आर्थीकसंसार संवाददाता१४ पुस, २०८२
    १० पटक
    १४ पुस, २०८२

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    पारित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३७१ अर्ब रुपैयाँ निक्षेप संकलन र २८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । सो अवधिमा बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ पुगेको छ ।

    उक्त आर्थिक वर्षमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्