News Portal

  • दर्ता भयो कांग्रेस सांसदहरूले दायर गरेको प्रतिनिधिसभा पुनःस्थापनाको रिट

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०८२
    १५ पटक
    २३ मंसिर, २०८२

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । दुई दिनअघि पेस गरिएको रिटलाई सर्वोच्च प्रशासनले अध्ययनपश्चात मूल्यांकन गर्दै मंगलबार दर्ता गरेको हो ।

    कांग्रेसका विघटित प्रतिनिधिसभाको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जना सांसदले रिट पेस गरेका थिए । उनीहरूले विघटित प्रतिनिधिसभा असंवैधानिक रूपमा भंग गरिएको दाबी गर्दै पुनःस्थापनाको माग गरेका छन् ।

    रिटमाथिको प्रारम्भिक सुनुवाइ पुस २ गते हुने सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

    रिट दायर गर्ने सांसदहरूमा घिमिरे र थिङसँगै आशा विक, दीपक खड्का, सीताकुमारी राना, नागिना यादव, शान्ति विक र श्रवणकुमार श्रेष्ठ छन् । उनीहरूले रिटमार्फत आगामी निर्वाचनका सबै गतिविधि रोक्न माग गरेका छन् ।

    उक्त रिट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस तोकेर पेस गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्