News Portal

  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्यूरा हेल्थका सेवामा छुट

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८२
    २३१ पटक
    २१ मंसिर, २०८२

    काठमाडौं । नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले क्यूरा हेल्थद्वारा प्रदान गरिने विभिन्न सेवा शुल्कमा छुट प्राप्त गर्नेछन् ।

    ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थले उपलब्ध गराइने प्याथोलोजी ल्याबका विभिन्न सेवामा (निःशुल्क होम–डेलिभरी सुविधा सहित) तथा अन्य स्वास्थ्य प्याकेजहरूमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    सम्झौतापत्रमा मंसिर १९ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।

    सम्झौता कार्यान्वयनसँगै नेपाल बैंकका कर्मचारी तथा ग्राहकले क्यूरा हेल्थ प्रालिद्वारा उपलब्ध गराइने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस्