News Portal

  • नेपाल एसबिआई बैंकले विराट बहिरा माध्यमिक विद्यालयमा गर्‍यो साढे २ लाख सहयोग

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८२
    १० पटक
    १७ मंसिर, २०८२

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा डिप बोरिङ जडान गर्ने उद्देश्यले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । यस पहलले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सहज खानेपानीको व्यवस्थापन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

    उक्त कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिना जोशी र प्रधानाध्यापक मिनु अधिकारी दाहाललाई संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख श्रीधर अधिकारी लगायत बैंक तथा विद्यालयका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्