News Portal

  • स्ट्याण्डर्ड चार्टर्डले सञ्चालकको भत्ता बढाउने, लाभांश पाउन मंसिर २९ गते कुर्नुपर्ने

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०८२
    २२ पटक
    ८ कार्तिक, २०८२

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे ३९औँ वार्षिक साधारण सभा बोलाएको हो ।

    बैंकको सभाले बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

    बैंकको सभाले सञ्चालकहरूको भत्ता तथा सुविधा वृद्धि गर्ने र सोही अनुरूप नियमावलीमा संशोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्