आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८२
७ कार्तिक, २०८२काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा छुट प्राप्त गर्ने भएका छन् । स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यसहित बैंक र थेरापी सेन्टरबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले बालुवाटार, त्रिपुरेश्वर तथा बुटवलस्थित थेरापी सेन्टरका शाखामा सेवा लिई डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा उपयोग गर्नका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यस सहकार्यबाट ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता मिल्नुका साथै मुलुकभर डिजिटल भुक्तानी सेवाको प्रयोग बढाउन र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।




