News Portal

  • लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल, हकप्रद र आईपीओ ल्याउने तयारी

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०८२
    १३ पटक
    २९ कार्तिक, २०८२

    काठमाडौं । बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अम्बिका पौडेललाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ ।

    यस्तै सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित गरिएको छ । नयाँ नेतृत्वले होटलको व्यवस्थापनमा नयाँ दृष्टिकोण र उत्साह भर्ने अपेक्षा गरिएको छ ।

    सभाले कम्पनीका सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने निर्णय गरेको छ ।

    बुढानिलकण्ठ क्षेत्रको बढ्दो पर्यटकीय सम्भावना ध्यानमा राख्दै, होटलले सेवा स्तर र व्यवस्थापनमा सुधार ल्याउने योजना अघि सारेको जनाएको छ । सभामा सहभागी सेयरधनीहरूले नयाँ नेतृत्व र पूँजी योजनाप्रति विश्वास व्यक्त गर्दै दीर्घकालीन प्रगतिको आशा प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्