आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०८२
२५ कार्तिक, २०८२काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आचार्यलाई आउँदो माघ १२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो। आचार्य हाल बैंकमा नायब सीईओका रुपमा कार्यरत छन्।
हाल बैंकको सीईओमा निश्चलराज पाण्डे छन्। उनको कार्यकाल आउँदो माघ ११ गतेबाट सकिँदैछ।




