News Portal

  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड एनपीएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०८२
    १७ पटक
    २१ कार्तिक, २०८२

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ ।

    गत मंगलबार सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

    एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

    एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ ।

    उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

    एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ, पीएसपी, र १०० भन्दा बढी गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

    एनपीएस–एनसीएस र नेपालपे कार्डकोे कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाइँमा पुर्याउने अपेक्षा गरिएको छ ।

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले देशभरि रहेका ८८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा १८ एटीएम टर्मिनलमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्