आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०८२
२१ कार्तिक, २०८२काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.९१ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको सञ्चाल नाफा १४.९४ प्रतिशत बढेर ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चाल नाफा ५७ करोड २१ लाख रुपैयाँ थियो ।
१३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.७१ रुपैयाँ रहेको छ ।




