News Portal

  • नेपाल बैंकको ब्याज आम्दानी साढे २ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८२
    १६ पटक
    २० कार्तिक, २०८२

    काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १६.३६ प्रतिशत बढेर २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशत घटेर २४ करोड १४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशत बढेर २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ, सञ्चालन नाफा ३२.८१ प्रतिशत बढेर ९१ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

     

    यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी ३८ पैसा घटेर १६.०१ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६०.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ ।

    गत वर्षको असोजमा ३.५९ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ५.४९ प्रतिशत पुगेको छ ।

     

    प्रतिकृया दिनुहोस्