२० कार्तिक, २०८२काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २० प्रतिशत घटेर ९१ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत बढेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेर ७१ करोड ६१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशत बढेर ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ, सञ्चालन नाफा १४.३१ प्रतिशत घटेर १ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६२ करोड ३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ३.४५ प्रतिशत बढेर २ खर्ब ९० अर्ब ६० करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी २.४४ प्रतिशत बढेर २ खर्ब ३४ अर्ब २ करोड ३१ लाख रुपैयाँ प्रवाह गरेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकले ८.०९ प्रतिशत लाभांश क्षमता राखेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ घटेर १९.९५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।
गत वर्षको असोजमा ३.६३ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.५८ प्रतिशत पुगेको छ ।




