News Portal

  • गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो कुराकानी ?

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८२
    ७ पटक
    २० कार्तिक, २०८२

    काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

    बिहीवार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन् ।

    गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेनजी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए ।

    सोही निवासको गृहमन्त्री अर्यालले बिहीवार बिहान निरीक्षण गरे । साथै उनले भण्डारीसँग भेटवार्ता पनि गरेका छन् ।

    भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरू र आगामी निर्वाचनबारे छलफल भएको छ ।

    यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

    प्रतिकृया दिनुहोस्