News Portal

  • कामना सेवा विकास बैंकको प्रथम त्रैमासः अधिकांश सूचकमा प्रगति, कमायो १९ करोड ७६ लाख नाफा

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०८२
    १९ पटक
    १५ कार्तिक, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्म ६३ अर्व ७८ करोड निक्षेप संकलन गरी ५३ अर्व ४५ करोड कर्जा प्रवाह गरेको छ ।

    बैंकले प्रथम त्रैमासको अन्त्यसम्म १९ करोड ७६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ । सोही अवधीसम्म बैंकको कुल सम्पत्ती ७१ अर्व ६३ करोड पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ ।

    बैंकले ६१ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ८ करोड ४४ लाख रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको छ ।

    बैंकले हालैमात्र नेपालको बैंकिङ ईतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ सार्वजनिक गरेको थियो, जसले आफ्ना ग्राहकहरुलाई घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । गत महिना सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आ.व. ८१।८२ को संचित मुनाफावाट शेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्