News Portal

  • हिमालयन लाइफको सीईओमा कपिलकुमार दाहाल नियुक्त

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०८२
    २५० पटक
    १२ कार्तिक, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलकुमार दाहाल नियुक्त भएका छन्।

    कम्पनी सञ्चालक समितिको आज बुधबार बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गरेको हो। यसअघि उनी कम्पनीमा निमित्त सीईओको जिम्मेवारीमा थिए।

    सीईओ पदबाट मनोजकुमार लाल कर्णले गत असोज २७ गते (सोमबार) राजीनामा दिएका थिए। कर्णको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले सोही दिन दाहाललाई मंगलबार (असोज २८ गते)देखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो।

    पेसागत अभिकर्ता संघले न्यूनतम बोनस दर प्रतिहजार ५० रुपैयाँ कायम गर्नुपर्नेलगायतका माग अघि सार्दै व्यवस्थापन तथा सञ्चालक समितिलाई दबाब दिएपछि माग पूरा गर्न सम्भव नभएको भन्दै कर्णले सीईओ पदबाट राजीनामा दिएका थिए।

    प्रतिकृया दिनुहोस्