News Portal

  • एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०८२
    १५ पटक
    ११ कार्तिक, २०८२

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कमलादीस्थित स्काइवाक टावरमा छुटसहित मनोरञ्जन लिन सक्ने भएका छन् । बैंक र वन्डर नेपालबीच सोमबार यस सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

    सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा डिजिटल भुक्तानी गरेबापत २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्दा उक्त छुट लागू हुनेछ ।

    एनआईसी एशिया बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई आकर्षक छुट सुविधा उपलब्ध हुनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्