Skip

News Portal

  • खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

    आर्थीकसंसार संवाददाता२६ असोज, २०८२
    १२ पटक
    २६ असोज, २०८२

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातासँग आबद्ध ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।

    बैंकका अनुसार ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’ सेक्सनमा गएर ‘चेन्ज इमेल’ विकल्प छान्दै सहज रूपमा ईमेल ठेगाना अद्यावधिक गर्न सक्छन् ।

    यसका साथै बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि ईमेल ठेगाना परिवर्तनको आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

    बैंकले समयमै ईमेल ठेगाना अद्यावधिक गरेमा ग्राहकहरूलाई बैंकका सेवासम्बन्धी सूचना, नोटिफिकेसन र महत्वपूर्ण जानकारीहरू सहज रूपमा प्राप्त हुने बताएको छ।

    यदि ईमेल ठेगाना अद्यावधिक गर्न कठिनाइ भएमा ग्राहकहरूले नजिकको शाखा कार्यालय वा बैंकको ग्राहक सम्पर्क केन्द्र फोन नं. १६६०–०१–७७७७१, ०१–५९७०१०१० मा सम्पर्क गरी जानकारी लिन सक्नेछन् ।

    एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले ग्राहकहरूलाई बैंकिङ सेवामा अझ बढी सहजता र सुरक्षा सुनिश्चित गर्नका लागि यो कदम चालिएको जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्