Skip

News Portal

  • राष्ट्रिय खाद्य बैंकको सिइओमा डा. शंकरनाथ उप्रेती नियुक्त

    आर्थीकसंसार संवाददाता२६ असोज, २०८२
    १८ पटक
    २६ असोज, २०८२

    काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी सुम्पेको हो । यस अघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो । राष्टिय खाद्यय बैंक लिमिटेडको संस्थापक अध्यक्ष रहेर ५ बर्ष योगदान पुर्याउनु भएका उप्रेतीले बैकको स्थापना, विचार निर्माण र कृषि आत्मनिर्भरता अभियान चलाउँदै आउनु भएको छ । कृषि क्षेत्रमा रहेर ३० बर्ष भन्दा बढी अवधिको कार्यअनुभव भएको उहाँ बताउनुहुन्छ ।

    यस्तो छ नयाँ सञ्चालक समिति

    राष्ट्रिय खाद्य बैङ्कको पाँचौँ वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले अध्यक्षमा किशोर कुमार प्रधान, सञ्चालक सदस्यहरुमा प्राडा भरत पहारी, प्राडा मोहन प्रसाद पन्थी, दुर्गा कुमार थापा, डा हरिकृष्ण दहाल, सुर्यबहादुर अधिकारी र पवित्रा कुमारी पोखरेल गरी ७ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ ।

    त्यसैगरी सभाले आइपिओ निष्काशन गर्ने प्रस्ताव समेत सर्बसम्मत पारित गरेको छ । कुल पुँजीको ३० प्रतिशत आइपिओ निष्काशनको लागि खाद्य बैंकले गत महिना नै आइएमइ क्यापिटल लिमिटेडसँग सम्झौता गरिेसकेको छ ।

    प्रतिकृया दिनुहोस्