आर्थीकसंसार संवाददाता८ असोज, २०८२
८ असोज, २०८२काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशभर एकसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । असोज ७ गते सम्पन्न कार्यक्रममा बैंकले केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी गरी सात स्थानमा रक्तदान आयोजना गरेको हो ।
कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी कुल ४६३ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले मानव जीवन रक्षाका लागि रगत संकलन गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे ।
मानन्धरले आगामी दिनमा पनि बैंकले विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।




