News Portal

  • ५ महिनामा १० शहरमा निःशुल्क वाइफाइ पुर्याउने नवनियुक्त मन्त्री खरेलको पहिलो निर्णय

    आर्थीकसंसार संवाददाता६ असोज, २०८२
    २६ पटक
    ६ असोज, २०८२

    काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा आगामी ५ महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आज मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खरेलले उक्त निर्णय पहिलो कार्यका रूपमा लिएका हुन् ।

    पदभार ग्रहणका क्रममा कर्मचारीले प्रस्तुत गरेको प्रस्तावमा केही संशोधन गराई निर्णयलाई अन्तिम रूप दिइएको हो ।

    निर्णय अनुसार काठमाडौं बाहिरका १० प्रमुख शहरका मुख्य सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइनेछ। मन्त्रालयका अनुसार यस परियोजना अन्तर्गत पूर्वाधार निर्माण, सेवा प्रदायकको छनोट र प्रविधिगत व्यवस्थापनका कामहरू प्राथमिकताका साथ अघि बढाइनेछ ।

    पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए । निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

    प्रतिकृया दिनुहोस्