आर्थीकसंसार संवाददाता६ असोज, २०८२

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा उनीहरूले सपथ लिएका हुन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, जलवायुविज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।
सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् ।
यस्तै, परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले सूचना तथा सञ्चार मन्त्रालयको शपथ लिएका छन् ।