News Portal

  • सीआईबी प्रमुखमा मनोजकुमार केसी, राष्ट्रिय अनुसन्धान विभागमा कार्की

    आर्थीकसंसार संवाददाता५ असोज, २०८२
    ४३ पटक
    ५ असोज, २०८२

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसी नियुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका केसीलाई सरकारले सीआईबीको जिम्मेवारी दिएको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    यस्तै, सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक (प्रमुख) मा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ । विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि उक्त पद रिक्त थियो । विभाग नेपाल सरकारको एक मात्र गुप्तचर निकाय हो । उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत छ ।

    प्रतिकृया दिनुहोस्