आर्थीकसंसार संवाददाता२९ भदौ, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । भण्डारी नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन् ।
उनले यसभन्दा अगाडि राष्ट्रिय सूचना आयोगको आयुक्तको रुपमा काम गरेकी थिइन् ।
यसअघि केशव बडाल महान्यायाधिवक्ता रहेका थिए । उनको राजीनामा आजै स्वीकृत भएको हो ।
प्रधानमन्त्री कार्कीले आजै पाँचजना मन्त्री नियुक्त गर्दैछिन् । प्रधानमन्त्री कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुन् । उनी नेपालको पहिलो प्रधानन्यायाधीश पनि हुन् ।