आर्थीकसंसार संवाददाता२९ भदौ, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेन जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका धिरज श्रेष्ठका परिवारलाई भेटेका छन् ।
आन्दोलनका क्रममा ज्यान गुमाएका श्रेष्ठका परिवार निवासमा पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरे । उनले आफूले जेन जी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा प्रयत्न गरेको भए पनि सफल नभए पछि राजीनामा दिएको बताए ।
नेता पौडेलले दुःखद् घटनाको निष्पक्ष छानविनका पक्षमा आफू रहेको भन्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरुले पाएको सहादतको मूल्यांकन हुने बताए ।
‘धिरजबाबु र उनीजस्ता शहीदहरुको बलिदान खेर जान दिने छैन,’ उनले भने ।