आर्थीकसंसार संवाददाता२७ भदौ, २०८२

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराएका हुन् ।
शितलनिवासमा भएको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाशीध लगायतको सहभागिता छ ।
शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएपछि राष्ट्रपति पौडेलले देश सफल होस् र जनता बचाउनुहोस् भन्दै शुभकामना व्यक्त गरे ।
शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने, ‘बधाई छ । धेरै-धेरै शुभकामना । कार्यकाल सफल होस् । देश सफल होस्, जनता बचाउनुस् ।’
जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।