News Portal

  • एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८२
    २९ पटक
    १८ भदौ, २०८२

    काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरूलाई थप सुविधा उपलब्ध गराउन बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ ।

    साझेदारीअनुसार एनएमबि बैंकका कार्डवाहकहरूले होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, होटलका रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे मा खानेकुरामा, बेकरीका सबै सामानमा र स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट सुविधा पाउनेछन् ।

    बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्