News Portal

  • प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल एसएमइ बैंक’ उपाधि

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८२
    २५ पटक
    १८ भदौ, २०८२

    काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोनोमि एक्सीलेन्स अर्वाड २०२५  प्राप्त गरेको छ । यस पुरस्कार अन्तर्गत प्रभु बैंकलाई  नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइको रुपमा सम्मानित गरिएको हो ।

    यस उपलब्धिले प्रभु बैंकले साना तथा मझौला उद्यमीहरूलाई डिजिटल सेवामार्फत प्रदान गर्दै आएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको पुष्टि गरेको छ ।

    यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्ता महत्वपूर्ण पुरस्कारहरू जितिसकेको छ । बैंकले ग्राहकमैत्री डिजिटल सेवा, सहज पहुँच र व्यवसायिक पारदर्शिताका कारण निरन्तर यस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्