
काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेजबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौतापछि एनआईसी एशिया बैंकका ग्राहकहरूले देशभर रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिएर डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ अथवा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
छुट सुविधा उपभोग गर्न सकिने सैलुन शाखाहरूमा नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगञ्जस्थित रुङ्टा मल रहेका छन् ।
बैंकले लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नुका साथै मुलुकको डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको छ ।