News Portal

  • एनआईसी एशिया बैंकका ग्राहकले ओम हस्पिटलको सेवामा आकर्षक छुट पाउने

    आर्थीकसंसार संवाददाता२ साउन, २०८२
    १५ पटक
    २ साउन, २०८२

    काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच यस बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।

    उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप ओम हस्पिटलसँगको यस सहकार्यले ग्राहकको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्