आर्थीकसंसार संवाददाता२ साउन, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् । मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पु-याएको भन्दै नेपाल सरकारले मिति २०८२ आषाढ ३२ गते उनलाई सम्मान गरेको हो ।
नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट शुशोभन भएकोमा संचालक रामचन्द्र संघई प्रति बैंकको तर्फबाट हार्दिक बधाई व्यक्त गरेको छ ।