आर्थीकसंसार संवाददाता१९ असार, २०८२

काठमाडौं । सिटिजन्स बैंकले हुम्ला जिल्ला सर्केगाड गाउँपालिका-३, उनापानीमा असार १ गतेको आगलागीबाट प्रभावित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
आगलागीका कारण घरबारविहीन भएका आठ परिवारलाई तत्काल आवश्यक सहयोगस्वरूप बैंकले चामल, दाल, आलु, तेल, पिठो, कुकर, डाडु लगायतका खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । बैंकले यो सहयोगबाट पीडितहरुको दैनिकी केही हदसम्म सहज हुने विश्वास व्यक्त गरेको छ ।
राहत वितरण कार्यक्रममा बैंकको कर्णाली प्रदेशस्थित सर्केगाड शाखाका प्रमुख, अन्य कर्मचारी, स्थानीय बुद्धिजीवी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू अन्तर्गत यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालय तथा मठ–मन्दिरमा सहयोग गर्दै आएको जनाएको छ ।