News Portal

  • महालक्ष्मी विकास बैंकको दुई वटा शाखा स्थानान्तरण

    आर्थीकसंसार संवाददाता१६ असार, २०८२
    ७९ पटक
    १६ असार, २०८२

    काठमाडौं । महालक्ष्मी विकास बैंकका दुई शाखा कार्यालय स्थानान्तरण गरिएको छ । बैंकको मसुरिया र हेटौंडा शाखा कार्यालय स्थानान्तरण गरिएको हो ।

    बैंकको कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया स्थित शाखा साविकको घरबाट १ सय मिटर पश्चिमतर्फ स्थानान्तरण गरिएको जनाएको छ ।

    बैंकका अनुसार मकवानपुर हेटौंडा उप महानगरपालिका-१० मेनरोडस्थित शाखा हेटौंडा उप महानगरपालिका-४ साविकको स्थानबाट २५ मिटर पूर्वतर्फ स्थानान्तरण गरिएको हो ।

    असार १५ गते आइतबारदेखि शाखा स्थानान्तरण गरिएको हुँदा बैंकिङ कारोबार सेवा स्थानान्तरण भएको ठाउँबाट प्रदान गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्