News Portal

  • वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त

    आर्थीकसंसार संवाददाता११ असार, २०८२
    ९ पटक
    ११ असार, २०८२

    काठमाडौं । वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा बैंकर कोइराला नियुक्त भएका हुन् ।

    उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा नियुक्त भएका हुन् । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका कोइराला माछापुच्छ्रे बैंकका सीईओ समेत हुन् ।

    कोइरालाको रणनीतिक योगदानले राष्ट्रिय महत्वका योजनाहरूमा नयाँ ऊर्जा भर्ने विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्