News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको स्वास्थ्य केन्द्रलाई दियो अक्सिजन कन्सेन्ट्रेटर

    आर्थीकसंसार संवाददाता८ असार, २०८२
    १३ पटक
    ८ असार, २०८२

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ ।

    जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा बोल्दै शाखा प्रबन्धक थकालीले सांग्रिला बैंकले हरेक वर्ष विभिन्न संघ–संस्थामा स्वास्थ्य तथा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गर्दै आएको र यो क्रम भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

    अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटर विशेषगरी दम र निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै बैंकलाई धन्यवाद दिइन् ।

    त्यसैगरी वडा सदस्य थकालीले स्याङ स्वास्थ्य केन्द्रको आवश्यकता पहिचान गरी स्वास्थ्य सामग्री प्रदान गरेर सांग्रिला बैंकले नागरिकको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेको बताए ।

    हाल सांग्रिला डेभलपमेन्ट बैंकले १०९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र उत्कृष्ट आन्तरिक प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा समुदाय–मैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्