News Portal

  • वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई खाना र आवासमा छुट

    आर्थीकसंसार संवाददाता८ असार, २०८२
    १३ पटक
    ८ असार, २०८२

    काठमाडौं । पोखरा महानगरपालिका–३१, बेगनासताल, कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा तिनका परिवारजनले रेष्टुरेण्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    बेगनास तालको रमणीय वातावरणमा स्वादिलो परिकार र शान्त विश्रामको अनुभवलाई अझ सहज बनाउन गरिएको यो सहकार्य बैंक र व्यवसायबीचको सेवा अभिवृद्धिको सकारात्मक उदाहरण भएको बताइएको छ ।

    सम्झौता पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल र प्रभु बैंक तालचोक शाखाका तर्फबाट शाखा प्रबन्धक प्रकाश पौडेलबीच हस्ताक्षर गरिएको हो ।

    प्रतिकृया दिनुहोस्