आर्थीकसंसार संवाददाता२९ जेठ, २०८२

काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हरियाली प्रवर्द्धन गर्न बैंकले बिहीबार वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
धनगढी उपमहानगरपालिका–३ स्थित कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरमा सहयोगजस्ता कार्यहरू गर्दै आएको छ ।