News Portal

  • लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८२
    १४ पटक
    २६ जेठ, २०८२

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो ।

    कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ ।

    मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २ लाख २ हजार १३.४२ टन सीओटू बराबर (टीसीओटूई) रहेको  थियो ।

    पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन् :

    व्यापार कर्जा: १९०,२९३.४२ टीसीओटूई
    परियोजना वित्त  : (जलविद्युत बाहेक): ७०५.५६ टीसीओटूई
    गाडी कर्जा :१,५२८.९८ टीसीओटूई
    घर कर्जा : ९,४८५.४६ टीसीओटूई

    त्यस्तै, बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरूले अनुमानित २० हजार ३४७.११  टीसीओटूई बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ ।

    सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप बैंकले ग्रीन फाइनान्स, ऊर्जा-सदुपयोगी कर्जाहरू तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरू विस्तार गर्दै आइरहेको छ ।

    साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण ९घटाउने, पुन: प्रयोग गर्ने र पुनर्चक्रण ० लाई प्रोत्साहन गर्दै आएको छ ।

    यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल पनि सञ्चालन गरेको छ । यस अन्गर्गत हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिइसकिएको छ ।

    प्रतिकृया दिनुहोस्