आर्थीकसंसार संवाददाता२५ जेठ, २०८२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका-२७, ठमेलस्थित संचय कोष भवनमा ‘ठमेल शाखा’ नामबाट बैंकिङ सेवा सुरु गरेको छ । जेठ २५ गतेदेखि नयाँ स्थानबाट सम्पूर्ण सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ ।
ठमेल शाखाको औपचारिक उद्घाटन हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रमको अवसरमा बैंकका उच्चपदस्थ कर्मचारी तथा विभिन्न क्षेत्रका अतिथिहरुको उपस्थिति रहेको थियो ।
बैंकले शाखा स्थानान्तरणसँगै ग्राहकलाई अझ सहज, सुरक्षित र स्तरीय सेवा प्रदान गर्न नयाँ स्थान छनोट गरिएको जनाएको छ ।
हिमालयन बैंकले देशभर आफ्ना शाखा सञ्जालमार्फत आधुनिक, सरल र पहुँचयोग्य सेवा प्रवाह गर्दै आएको छ।