News Portal

  • जीवन बीमक संघले एनएफआरएस-१७ का लागि योग्य संस्थाबाट माग्यो प्रस्ताव

    आर्थीकसंसार संवाददाता१४ बैशाख, २०८२
    २६६ पटक
    १४ बैशाख, २०८२

    काठमाडौं । जीवन बीमक संघ नेपालले आफ्ना सदस्य जीवन बीमा कम्पनीहरुको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७ (एनएफआरएस–१७) गर्न योग्य संस्थाबाट बोलपत्र प्रस्ताव माग गरेको छ।

    संघले आज एक सूचना जारी कम्पनीहरुको एनफआरएस–१९ गर्न इच्छुक योग्य संस्थालाई बोलपत्र पेस गर्न आह्वान गरेको हो। हाल संघमा १४ वटा जीवन बीमा कम्पनी आबद्ध छन्।

    संघले आफ्ना आबद्ध कम्पनीको वित्तीय विवरण एनएफआरएस–१७ विधिबाट कार्यान्वयन गर्न लागेको हो। यसका लागि प्रस्ताव पेस गर्ने संस्थाले कम्पनीहरुको जीवन बीमा व्यवसाय अन्तर र असर अध्ययन गर्नुपर्नेछ।

    यसैगरी एनएफआरएस–१७ कार्यान्वयन रुपरेखा पनि संस्थाले तयार पार्नुपर्ने संघले जनाएको छ। संस्थाले कम्पनीका सदस्यहरुलाई तालिम र प्रशिक्षण पनि दिनुपर्नेछ।

    इच्छुक संस्थाले १५ दिनभित्र संघमा बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन्।

    प्रतिकृया दिनुहोस्