News Portal

  • छिमेक लघुवित्तको १ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०८१
    २७७ पटक
    २० चैत्र, २०८१

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    संस्थाको संस्थापक समूहको १ लाख ९७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। यसको अर्थ संस्थापक शेयरधनीहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    शेयर खरिदका लागि ३५ दिनभित्र दिनवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्