News Portal

  • डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दोहोरिए सुयोग श्रेष्ठ

    आर्थीकसंसार संवाददाता७ चैत्र, २०८१
    २०८ पटक
    ७ चैत्र, २०८१

    काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिएका छन्।

    एसोसिएसनको पोखरामा बुधबार आयोजित १९ औँ वार्षिक साधारणसभाले सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको हो। एसोसिएसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन्।

    एसोसिएसनका सदस्यमा लुम्बिनी विकास बैंकको नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन्।

    सभाले एसोसिएसनको गत आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षण र अध्यक्षको प्रतिवेदन स्वीकृत गरेको छ भने चालु आर्थिक वर्ष २०८१।८२ को अनुमानित आयव्यय र लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ।

    प्रतिकृया दिनुहोस्