News Portal

  • ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०८१
    १४ पटक
    २७ फागुन, २०८१

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंको नयाँबजारस्थित डेकोर प्यालेसबीच विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    डेकोर प्यालेसमा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न सामग्रीहरू उपलब्ध छन् ।

    बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गरी ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

    हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्ट क्लब हिमालय र होटल हिमालयन भिलामा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्